Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि

2.67K
shares

काठमाडौं, २२ माघ । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.१९ अंकले बढेर २,७०८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ५८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा कालिञ्चोक दर्शन लिमिटेड, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका छन् ।