Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.32K
shares

काठमाडौं, २२ माघ । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.१९ अंकले बढेर २,७०८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ५८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा कालिञ्चोक दर्शन लिमिटेड, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने खानीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।