Dhulikhel Eco Banner new

६ महिनामा १२.१२ प्रतिशत मात्र बजेट खर्च

2.94K
shares

काठमाडौं, २७ माघ । आर्थिक वर्ष २०८२/०८३मा विनियोजन गरिएको कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँ मात्र खर्च भएको छ। सरकारले यो वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो, तर खर्च भएको रकम कुलको १२.१२ प्रतिशत मात्र देखिएको छ।

अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय खर्च ४०.९५ प्रतिशत मात्र खर्च भएको मन्त्रालयले जनाएको छ।

पुँजीगत खर्च कम हुनुको कारण आयोजना प्रारम्भमा ढिलाइ, जग्गा उपलब्ध नहुनु, वन क्षेत्रको उपयोगमा जटिलता, साथै भदौ २३ र २४ गतेका आन्दोलनले भौतिक संरचनामा गरेको क्षति रहेको मन्त्रालयले जनाएको छ।