Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

2.59K
shares

काठमाडौं, २७ माघ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.२५ अंकले घटेर २,६६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालीञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका छन् ।