शेयर बजारमा ८ अर्ब ६१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ २७ मंगलवार १६:१४
2.68K
shares
shares

काठमाडौं, २७ माघ । शेयर बजारमा ८ अर्ब ६१ करोडको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४५ करोड २८ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन आँखुखोला जलविद्युतको ४० करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ भने रिडी पावरको ३८ करोड ८६ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी युनियन हाइड्रोपावरको ३२ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने अरुण काबेली पावरको ३२ करोड ५३ लाख रुपैयाँ कारोबार भएको छ ।















