Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.87K
shares

काठमाडौं, २७ माघ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.२५ अंकले घटेर २,६६२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालीञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६।३६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी फोकस ४०का लगानीकर्ताले ४.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.९९ प्रतिशतका दरले कमाएका छन् भने एनआइबीएल ग्रोथ फन्डका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले कमाएका छन् ।