Dhulikhel Eco Banner new

आईपीओ निष्कासनको लागि बेनी हाइड्रोपावरले पायो अनुमति

3.07K
shares

काठमाडौं, २९ माघ । नेपाल धितोपत्र बोर्डले बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले माघ २९ गते बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको हो ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।