नबिल बैंकको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने
वि.सं.२०७९ असार १५ बुधवार ११:५६
5.53K
shares
shares

काठमाडौं, १५ असार । नबिल बैंक लिमिटेडको २८ हजार ५८९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी बिक्रीमा आएको छ ।
बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा निवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर बिक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।















