Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ९४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.38K
shares

काठमाडौं, ४ फागुन । शेयर बजारमा ७ अर्ब ९४ करोडको कारोबार हुँदा रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६५ करोड ३ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख रुपैयाँ कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४८ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एसवाई प्यानलको ३४ करोड ४२ लाख रुपैयाँ कारोबार भएको छ भने खानीखोला हाइड्रोपावरको २५ करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ ।