Dhulikhel Eco Banner new

शेयर बजारमा १६३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.39K
shares

काठमाडौं, ४ फागुन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१६ अंकले घटेर २,६७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ९४ करोडको कारोबार भएको हो ।

त्यसैगरी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ५.०० प्रतिशतका दरले गुमाएका छन् भने ९।५५ मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ४.७० प्रतिशतका दरले गुमाएका छन् भने तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ४.६६ प्रतिशतका दरले गुमाएका छन् ।