Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.93K
shares

काठमाडौं, १० फागुन । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २७.५९ अंकले घटेर २,६१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ६९ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ९.२६ प्रतिशतका दरले कमाएका छन् भने कालिका लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.१७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले ४.४२ प्रतिशतका दरले कमाएका छन् भने सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले कमाएका छन् ।