सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
वि.सं.२०८२ फागुन १४ बिहीवार १५:०५
shares

काठमाडौं, १४ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.०३ अंकले बढेर २,६५४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी १०प्रतिशत नबिल ऋणपत्र २०८२का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका छन् ।















