सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ फागुन १४ बिहीवार १५:१०
shares

काठमाडौं, १४ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.०३ अंकले बढेर २,६५४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन रिलायन्स स्पिनिङका लगानीकर्ताले ९.२६ प्रतिशतका दरले कमाएका छन् भने हिमस्टार उर्जाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी झापा इनर्जीका लगानीकर्ताले ३.९३ प्तिशतका दरले कमाएका छन् भने मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ३.७३ प्रतिशतका दरले कमाएका छन् ।















