Dhulikhel Eco Banner new

शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.02K
shares

काठमाडौं, १४ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.०३ अंकले बढेर २,६५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा १० प्रतिशत नबिल ऋणपत्र २०८२का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ३.५७ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबि हाइब्रिड फन्डका लगानीकर्ताले ३.२ढ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ३.२५ प्रतिशतका दरले गुमाएका छन् भने रिदी पावरका लगानीकर्ताले २.८१ प्रतिशतका दरले गुमाएका छन् ।