महेश बस्नेत संकटमा ! पूर्व पत्रकारहरूको चुनौतीले एमाले डगमग
वि.सं.२०८२ फागुन १७ आइतवार ०९:४७
shares

काठमाडौं । नेकपा ९एमाले०का प्रभावशाली नेता तथा महेश बस्नेत यसपटकको निर्वाचनमा कडा दबाबमा परेको संकेत देखिएको छ । पछिल्लो चुनावी अध्ययन तथा क्षेत्रीय सर्वेक्षणहरूले बस्नेतले यस क्षेत्रमा अप्रत्याशित तथा लज्जास्पद हार बेहोर्न सक्ने आँकलन गरेका छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट पूर्व पत्रकार राजीव खत्री उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट पनि पूर्व पत्रकार कविर राणा चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व विद्यार्थी नेता दिपशिखा तथा प्रलोपाबाट पूर्व पत्रकार जन्मदेव जैसी प्रतिस्पर्धामा छन् ।
किन अप्ठ्यारोमा बस्नेत ?
राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रमा तीन जना पूर्व पत्रकारको उपस्थितिले मत विभाजनको परम्परागत समीकरण तोडेको छ । सञ्चार क्षेत्रबाट आएका उम्मेदवारहरूले “जवाफदेहिता” र “स्थानीय मुद्दा”लाई चुनावी एजेन्डा बनाएका छन्, जसले युवा र शहरी मतदातालाई आकर्षित गरेको देखिन्छ ।
एमालेको परम्परागत संगठन बलियो भए पनि पछिल्ला वर्षमा स्थानीय स्तरमा देखिएको असन्तुष्टि, विकास योजनाको सुस्त कार्यान्वयन र पार्टीभित्रको आन्तरिक गुटबन्दीले बस्नेतलाई दबाबमा पारेको स्रोतहरूको दाबी छ ।
रास्वपाको उभार निर्णायक ?
गत निर्वाचनपछि रास्वपाको संगठन विस्तार र नयाँ मतदातामाझ बनेको आकर्षण यस क्षेत्रमा निर्णायक बन्न सक्ने अनुमान गरिएको छ । राजीव खत्रीको पत्रकारिता पृष्ठभूमिले “स्वच्छ छवि”को सन्देश दिन खोजेको देखिन्छ ।
यद्यपि, एमाले पक्ष भने यस विश्लेषणलाई अस्वीकार गर्दै आफ्नो संगठन, मतदाता सञ्जाल र नेतृत्वप्रति जनविश्वास कायम रहेको दाबी गरिरहेको छ ।



















