याम्बलिङ्ग हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले पाए आईपीओ स्वीकृति
वि.सं.२०८२ फागुन १७ आइतवार १७:३०
shares

काठमाडौं, १७ फागुन । दुई कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति पाएका छन् ।
याम्बलिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका हुन् ।
याम्बलिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, सोपान फर्मास्युटिकल्स लिमिटेडले ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेड ले पाएको छ ।
यी कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरी नियामक निकायबाट तोकिएको समयअनुसार सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछन् ।















