उच्च अंकले बढ्यो शेयर बजार, २७०० भन्दा माथि उक्लियो नेप्से
वि.सं.२०८२ फागुन १९ मंगलवार १५:०३
shares

काठमाडौं, १९ फागुन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३८.५२ अंकले बढेर २,७१२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी शुभम पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले २.५३ प्रतिशतका दरले गुमाएका छन् ।















