उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ फागुन १९ मंगलवार १५:१०
shares

काठमाडौं, १९ फागुन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३८.५२ अंकले बढेर २,७१२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६.१८ प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन् ।















