शेयर बजारमा ६ अर्ब २३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ फागुन १९ मंगलवार १५:१०
2.81K
shares
shares

काठमाडौं, १९ फागुन । शेयर बजारमा ६ अर्ब २३ करोडको कारोबार हुँदा आखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिदी पावरको २७ करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको २४ करोड ६७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी मञ्जुश्री फाइनान्सको २२ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने ङादी ग्रुप पावरको २० करोड ९० लाख रुपैयाँ कारोबार भएको छ ।















