Dhulikhel Eco Banner new

हरियाली छाएको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.34K
shares

काठमाडौं, १९ फागुन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३८.५२ अंकले बढेर २,७१२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २३ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा शुभम पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले २.५३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ७.२५ प्तिशत एसविएल डिबेन्चर २०१९का लगानीकर्ताले १.९६ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसी एशिया ऋणपत्र २०८८का लगानीकर्ताले १.८७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम३ का लगानीकर्ताले १.७५ प्रतिशतका दरले गुमाएका छन् भने आरबिबि म्युचुअल फन्ड१ का लगानीकर्ताले १.७४ प्रतिशतका दरले गुमाएका छन् ।