Dhulikhel Eco Banner new

देशको आर्थिक विकासमा मेरो अनुभव सधैं समर्पित छः विनोद चौधरी

4.52K
shares

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार (फाउन्डेसन) तयार भएको बताएका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।

चौधरीले लेखेका छन्, “विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार तयार भएको छ। यही जगमा टेकेर यस क्षेत्रको विकास अभियान अझ अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु। अहिले निर्वाचित नभए पनि यहाँको विकास–निर्माण र जनताको सुख–दुःखमा म सधैं तपाईंहरूसँगै रहनेछु।”

उनले थपे, “संसदमा नरहे पनि देशलाई आर्थिक विकासको सही दिशामा लैजान आफ्नो ज्ञान र अनुभव राष्ट्रका लागि सधैं समर्पित गर्न म तयार छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालको प्रतिष्ठा बढाउने काममा म सधैं लागिरहनेछु।”

चौधरीले आफूलाई रूख चिन्हमा मतदान गर्ने सबै नागरिकलाई धन्यवाद ज्ञापन गर्दै, निर्वाचन अभियानमा साथ दिने सबैलाई आभार व्यक्त गरेका छन्।

यसैगरी, नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रास्वपाका विक्रम खनाललाई चौधरीले बधाई र शुभकामना दिएका छन्।