Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकद्वारा सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

2K
shares

काठमाडौं, ३ चैत । एनआईसी एशिया बैंकले आफ्ना बैंकिङ्ग तथा गैर(बैंकिङ्ग सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया अझ पारदर्शी र सहज बनाउन विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले उक्त पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको विस्तृत जानकारी ग्राहकसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

बैंकका अनुसार नयाँ पोर्टलमार्फत बैंकको नाममा रहेका सम्पत्ति, धितो सुरक्षणमा रहेका सम्पत्ति तथा अन्य लिलाम बिक्रीका लागि उपलब्ध सम्पत्तिहरूको विस्तृत विवरण हेर्न सकिनेछ। यसमा सम्बन्धित सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसमेत समावेश गरिएको छ।

ग्राहकहरूले लिलाम सूचना प्रकाशनमा दिइएको क्यूआर कोड स्क्यान गरी वा सिधै पोर्टलमा प्रवेश गरेर सम्पत्तिहरूको जानकारी लिन सक्नेछन्। साथै, इच्छुक व्यक्तिहरूले आफूलाई रुचि लागेको सम्पत्तिको बारेमा थप जानकारी लिन सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो विवरण राखी सोधपुछ गर्न सक्ने व्यवस्था पनि मिलाइएको बैंकले जनाएको छ।

बैंकले यो पोर्टलमा नियमित रूपमा नयाँ सम्पत्तिहरू तथा लिलाम सम्बन्धी सूचनाहरू अद्यावधिक गर्ने बताउँदै यसबाट ग्राहकहरूलाई सहज रूपमा जानकारी प्राप्त भई खरिद प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।