एकैदिन प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ चैत ४ बुधवार ११:०५
3.12K
shares
shares

काठमाडौं, ४ चैत । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला २ हजार २ सयले घटेको हो ।
महासंघका अनुसार मंगलवार प्रतितोला ३ लाख ९ हजार ९ सयमा कारोबार भएको छापावाल सुन बुधवार घटेर प्रतितोला ३ लाख ७ हजार ७ सयमा कायम भएको छ ।
त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला ५ हजार ३३५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला ५ हजार १५० रुपैँयामा कायम भएको छ ।



















