नेप्सेमा बुधबार चार कम्पनीका बोनस शेयर सूचीकरण
वि.सं.२०८२ चैत ११ बुधवार १८:०३
shares

काठमाडौं, ११ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार चार कम्पनीका बोनस शेयर सूचीकरण भएका छन्। सूचीकरण भएका कम्पनीहरू हुन् निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड।
निर्धन उत्थान लघुवित्तले १३ लाख ६ हजार ३९.८८ कित्ता बोनस शेयर सूचीकरण गरेको छ भने सिंगटी हाइड्रो इनर्जीले १४ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकरण गरेको छ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले ६ लाख ४७ हजार २५ कित्ता र नेशनल लघुवित्तले १८ लाख ९७ हजार ५४२.२५ कित्ता बोनस शेयर सूचीकरण गरेको छ। नेशनल लघुवित्तले वितरण गरेको बोनस शेयरको अनुपात १४.२५ प्रतिशत रहेको छ।
सूचीकृत बोनस शेयरहरू डिम्याट खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार सुरु हुनेछ।



















