Dhulikhel Eco Banner new

संस्थापकबाट नकिनिएपछि स्वरोजगार लघुवित्तका शेयर सर्वसाधारणमा प्रस्ताव

३,५०० कित्ता शेयर अब सर्वसाधारणका लागि खुला

3.8K
shares

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहभित्र बिक्री हुन नसकेको ३,५०० कित्ता शेयर अब सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको छ। कम्पनीले जारी गरेको नयाँ सूचनाअनुसार पूर्वनिर्धारित प्रक्रिया पूरा भइसकेपछि अब इच्छुक आम लगानीकर्तालाई आवेदन दिन आग्रह गरिएको हो।

यसअघि कम्पनीले नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै ३५ दिनको समय दिएको थियो। तर सो अवधिमा अपेक्षित माग नआएपछि शेयर सर्वसाधारणका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त शेयर एक संस्थापक लगानीकर्ताको स्वामित्वमा रहेको थियो, जसले बिक्रीका लागि औपचारिक निवेदन दिएपछि सञ्चालक समितिले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सोही निर्णयका आधारमा अब शेयर बिक्रीको दायरा फराकिलो बनाइएको छ।

शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको बनेपा–५, काभ्रेपलाञ्चोकस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र पेश गर्न सकिने व्यवस्था गरिएको छ।