प्याराडाईज युवा क्लबद्वारा धादिङमा बृहत रक्तदान कार्यक्रम आयोजना हुँदै
वि.सं.२०८२ चैत १४ शनिवार ११:२९
shares

काठमाडौं, १४ चैत । धादिङको धुनिबेशी नगरपालिका–२ मा रहेको प्याराडाईज युवा क्लबको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। क्लबले यहि चैत २१ गते शनिबार उक्त कार्यक्रम गर्न लागेको हो।
क्लबका अनुसार “रक्तदान जीवनदान” भन्ने सन्देशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीयवासी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
रक्तदान कार्यक्रम धुनिबेशी–२ कुखुरेचौरस्थित छत्रेदेउराली स्वास्थ्य केन्द्रमा बिहान १० बजेदेखि सुरु हुनेछ। क्लबले सबै सचेत नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ।
रक्तदान जस्तो मानवीय कार्यले आपतकालीन अवस्थामा रगत अभाव भएका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढ्दै गएको आयोजकले जनाएको छ।


















