Dhulikhel Eco Banner new

स्नो रिभर्सको आईपीओ बाँडफाँड

6.02K
shares

काठमाडौं, १९ चैत । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले बिहान आईपीओको बाँडफाँड गरेको जानकारी दिएको छ।

कम्पनीले चैत ९ देखि चैत १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर ८२ हजार १०६ जनाबाट आवेदन परेकोमा ८२ हजार ८५ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। बाँडफाँडमा ९ हजार ३७५ जना आवेदकले १०र१० कित्ताका दरले शेयर पाएका छन्, जबकि बाँकी सबै आवेदकको आवेदन अस्वीकृत भएको छ।

यसबाट स्पष्ट हुन्छ कि कम्पनीको आईपीओप्रति वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको ठूलो चासो रहेको छ, तर सीमित शेयर उपलब्धताका कारण धेरै आवेदक हातखाली भएका छन्।