Dhulikhel Eco Banner new

विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध १० दिन म्याद थप

4.26K
shares

काठमाडौं, २० चैत । जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्टमाथि थप अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।

भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको थियो। उनीमाथि अवैध रूपमा आर्जन गरिएको सम्पत्ति शुद्धीकरण गरेको आरोप छ। अनुसन्धानमा संलग्न निकायका अनुसार भट्टले बीमा ऐन २०७९ को दफा १४० उल्लङ्घन गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको प्रारम्भिक निष्कर्ष छ।

उक्त सम्पत्तिलाई उनले धितोपत्र बजार लगायत विभिन्न क्षेत्रमा लगानी गरेर शुद्धीकरण गरेको आरोप अनुसन्धानमा उल्लेख गरिएको छ। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घटनासम्बन्धी थप तथ्य संकलन तथा विश्लेषण गरिरहेको छ।

अदालतले दिएको १० दिने म्यादभित्र अनुसन्धान प्रक्रिया अघि बढाइने र आवश्यक परे थप म्याद मागिने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।