Dhulikhel Eco Banner new

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

4K
shares

काठमाडौं, २२ चैत । डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधि सभा को बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्दा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। अन्य कुनै उम्मेदवार नपरेपछि उनी निर्विरोध चयन भएका हुन्।

यससँगै प्रतिनिधिसभाले आइतबार औपचारिक रूपमा अर्याललाई सभामुखमा निर्वाचित भएको घोषणा गरेको छ।