शेयर बजारमा २६१ कम्पनीको शेयर मूल्य घट्दा यी ७ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत २२ आइतवार १५:१५
shares

काठमाडौं, २२ चैत । आइतवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १०५.५० अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७ कम्पनीको शेयर मूल्य बढेको छ भने २६१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १२ अर्ब ३८ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स र भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि गार्डीयन माइक्रो लाइफ, पियोर इनर्जी, सान्भी इनर्जी र सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

















