Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.99K
shares

काठमाडौं, २२ चैत । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार १०५.५० अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७ कम्पनीको शेयर मूल्यबढेको छ भने २६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ० कम्पनीको स्थिर रहेको छ । यसदिन १२ अर्ब ३८ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सुपर खुदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।