Dhulikhel Eco Banner new

डेपुटी गभर्नर नियुक्ति प्रकरण : नयाँ विचौलियाको उदय हुँदै !

क’ वर्गको बैंकको विभागीय प्रमुख कति शक्तिशाली ?

12.47K
shares

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति पेचिलो बन्दै गएको छ । खासगरी विचौलियाका कारण केन्द्रीय बैंकका रिक्त डेपुटी गभर्नर नियुक्तिमा ढिलाइ भएको बुझिएको छ ।

यो सरकार गठन नहुदै राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त भएको थियो । तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले डेपुटी गभर्नर नियुक्त गर्न चाहे पनि रास्वपाको सरकार बन्ने कन्फर्म भएकाले नियुक्त गर्न हिम्मत गरेनन् ।

नयाँ सरकार गठन भएर मन्त्रिपरिषद्को बैठक नै तीन वटा बनिसक्दा पनि डेपुटी गभर्नर नियुक्त हुन सकेका छैनन् । यसमा खासगरी अर्थमन्त्री स्वर्णिम वाग्ले र सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलको कुरा नमिल्दा नियुक्तिमा नै ढिलाइ भएको छ ।

अर्थमन्त्रीले प्रस्ताव गर्न खोजेको नाम र शिक्षामन्त्रीले प्रस्ताव गर्न खोजेको नाम फरक छ । यसमा पनि जम्मा १ जना व्यक्तिलाई डेपुटी गभर्नर बनाउने वा नबनाउने भन्ने विषयका कारण नियुक्तिमा ढिलाइ भएको अर्थमन्त्रालय निकट श्रोतले बताएको छ ।

श्रोतका अनुसार शिक्षा मन्त्री पोखरेलले एमालेका कार्यकर्ता भनेर चिनिने डा. रामशरण खरेललाई डेपुटी गभर्नर बनाउन चाहेका छन् । यसको खास कारण पनि एमाले नेता एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा. युवराज खतिवडा हुन् ।

राष्ट्रिय सभा अध्यक्ष, अर्थमन्त्री, अमेरिकाका लागि राजदूत तथा प्रधामन्त्रीको सल्लाहकार, योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर सबै पद भोग गरेका व्यक्ति हुन् डा. खतिवडा । उनै खतिवडाका ज्वाई खरेललाई डेपुटी बनाउने कि नबनाउने भन्ने विषयले अहिले समस्या निम्ताएको छ ।

नयाँ विचौलियाको उदय !

सरकारले विचौलियाहरु धमाधम पक्राउ गरिरहेको छ । यातायात कार्यालयदेखि राज्य सञ्चालक सम्म पुग्ने विचौलिया पक्रेर सरकारले जनताबाट स्यावासी पाइरहेको छ । तर डेपुटी गभर्नर नियुक्तिमा भने एक जना नयाँ विचौलियाको उदय भएको छ ।

अर्थ मन्त्रालय श्रोत भन्छ, ‘एक वाणिज्य बैंकको विभागीय प्रमुखले खुबै लविङ गरिररहेका छन् ।’ ती व्यक्ति को हुन् भनेर श्रोतले खुलाउन चाहेन ।

गुनको बदला माग्दैछन् खरेलका ससुरा

अन्तर्राष्ट्रिय मुद्रा कोषमा २ वर्ष काम गर्ने गरी अमेरिका जाने अवसर केन्द्रीय बैंकलाई आउने गरेको छ । केन्द्रीय बैंकमा जागिर खानेका लागि यो निकै आकर्षक अवसर हो । सुरुमा यो अवसर कार्यकारी निर्देशकले मात्रै पाउने नियम थियो ।

विजयनाथ भट्टराई गभर्नर हुँदा नियम संशोधन गरेर निर्देशक (फस्र्ट क्लास) जान मिल्ने बनाइयो । यो अवसरको सदुपयोग नरबहादुर थापाले गर्न पाए ।

पछि डा. खतिवडा गभर्नर भएपछि भन् तत्कालीन निर्देशक अर्थात अहिले शिक्षामन्त्रीका बुवा रमेश पोखरेललाई यो अवसर दिए । मेरिट वा योग्यताका आधारमा भने त्यो अवसर थिएनन् । किनकी पोखरेल ३४ नम्बरमा थिए । आफू भन्दा अगाडिका ३३ जनालाई पछि पार्दै पोखरेल स–परिवार अमेरिका गए । २ वर्ष कार्य अवधि पूरा भएपछि पोखरेल फर्किए, तर छोराछोरी भने अमेरिकामै रहे । उनका छोराछोरीले अमेरिकामै अध्ययन पूरा गरे ।

बुवालाई लगाएको गुन सम्झाउदै खतिवडाले अहिले आफ्ना ज्वाई खरेललाई डेपुटी गभर्नर बनाउन अनुरोध गरेका छन् । खरेल आफै र उनका साला तिलक खतिवडा मार्फत पनि लविङ गरिरहेका छन् ।

को हुन् खरेल ?

यति पढिसके पछि तपाईलाई डा. रामशरण खरेल को हुन् भन्ने लाग्न सक्छ । यो स्वभाविक हो । खरेल एमालेका कट्टर कार्यकर्ता एवं पूर्व अर्थमन्त्री खतिवडाका ज्वाई हुन् । यतिमात्रै भन्यो भने उको परिचय अधुरो रहन्छ । उनी विश्वविद्यालयमा भने एक अव्वल विद्यार्थी हुन् । उनले निकै राम्रो नतिजा ल्याएर विश्वविद्यालय तह उतिर्ण गरेका थिए ।

त्यहीँ आधारमा उनलाई लिखित परिक्षा नै नलिई सिधै राष्ट्र बैंक जस्तो स.स्थामा जागिर दिइएको थियो । अरुले लोकसेवा भिडेर उतिर्ण भएपछि मात्रै जागिरख ान पाउने भए पनि खरेलले भने सिधै अन्तरवार्तामात्रै दिएर जागिर पाए ।

यहाँ रोचक कुरा त के छ भने लिखित परिक्षामा भने खरेल कहिल्यै उतिर्ण भएनन् । सेकेण्ड क्लासको परिक्षा दिदा उनी ३ पटक फेल भए । पछि उनलाई ससुरा बुवाको पावरकै कारण फाइल बढुवा गरिएको अहिले पनि राष्ट्र बैंकका कर्मचारीहरु बताउछन् ।

ससुरा डा. खतिवडा अर्थमन्त्री भएपछि खरेल झन धेरै शक्तिशाली भए । अर्थमन्त्री भए लगत्तै उनले नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयलाई ररामशरण खरेलको नामै तोकेर अर्थमन्त्रालयमा कामकाज गर्ने गरी पठाउन भने । जबकी यसअघि नेपाल राष्ट्र बैंक, बालुवाटारलाई पत्र लेख्ने गरिन्थ्यो । नाम नै किटान समेत गरिदैनथ्यो ।

‘पत्रमा एक जना यो तहको अधिकारीलाई पठाउने भनेर बोरु फोनमा चाहिँ फलानो नाम भन्ने प्रचलन थियो’ राष्ट्र बैंकका एक पूर्व कार्यकारी निर्देशक भन्छन्, ‘त्यतिबेला ठगी पनि खुलेआम भएजस्तै भएको थियो, सुन्दा पनि लाजमर्दो गरेर खरेललाई अर्थमन्त्रालयको सल्लाहकार बनाइएको थियो ।’

यहाँ रमाइलो कुरा चाहिँ खरेल पुरै कार्यकाल अर्थमन्त्रालय बस्न पाएनन् । भन्सार राजश्वबारे सूचना चुहाएको आरोप लाग्यो । त्यसपछि तत्कालीन प्रधाानमन्त्री कार्यालयले उनलाई राष्ट्र बैंक नै फर्काइदिएको थियो । उनै खरेल अहिले डेपुटी गभर्नर बन्नका लागि कम्मर कसेर लागेका छन् ।

Follow Up

राष्ट्र बैंकमा एमालेकै दबदबा, ‘ज्वाई’ बन्दैछन् डेपुटी गभर्नर !

राष्ट्र बैंकमा एमालेकै दबदबा, ‘ज्वाई’ बन्दैछन् डेपुटी गभर्नर !