सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा फुयाँल नियुक्त
वि.सं.२०८२ चैत २५ बुधवार ११:१७
2.65K
shares
shares

काठमाडौं, २५ चैत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी फुयाँललाई दिने निर्णय गरेको हो ।
यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार बर्ष सिईओ भएर काम गरिसकेका अनुभवी फुयाँलले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई अझै उत्कृष्ट र बीमाको दायरा फराकिलो पार्न सफल हुने विश्वास गरिएको छ ।


















