Dhulikhel Eco Banner new

प्रतिकित्ता १४० रुपैयाँमा मुक्तिनाथ विकास बैंकको शेयर सबैले किन्न पाउने गरि लिलामीमा

819
shares

काठमाडौं, २ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत २ लाख ५८ हजार १८३ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर सबै लगानीकर्ताले खरीद गर्न सक्ने गरी खुला गरेको जनाएको छ।

बैंकका अनुसार प्रति कित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ, जसमा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ।

शेयर खरिदका लागि बोलपत्र फाराम सानिमा क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ र सोही स्थानमा बुझाउनुपर्नेछ। आवेदन अवधि वैशाख ८ गतेदेखि वैशाख १६ गतेसम्म तोकिएको छ।

बैंकले जानकारी दिएअनुसार प्राप्त बोलपत्रहरू वैशाख १७ गते अपरान्ह ४ बजे सानिमा क्यापिटलको कार्यालयमा बोलपत्रदाता वा उनका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ।