दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रिइन्स्योरेन्सको कार्यालयमा छापा
वि.सं.२०८३ वैशाख २ बुधवार १२:५३
1.82K
shares
shares

काठमाडौं, २ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित स्थानहरूमा छापा मारेको छ। विभागले उनीहरूको निजी निवास तथा हिमालयन रिइन्स्योरेन्स कम्पनीको कार्यालयमा छापा हानेको हो।
छापा क्रममा अनुसन्धानका लागि आवश्यक कागजातहरू नियन्त्रणमा लिइएको विभागले जनाएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाल हाल हिरासतमा रहेका छन्। दीपक भट्ट हिमालयन रिइन्स्योरेन्स कम्पनीका प्रमुख शेयरधनीमध्ये एक हुन्।


















