Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

689
shares

काठमाडौं, ८ वैशाख । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समय आज मंगलबार बैंकिङ समयपछि समाप्त हुँदैछ।

कम्पनीले आफ्नो १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा जारी गरिएको यो आईपीओमध्ये केही हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो।

यसअघि कम्पनीले १० प्रतिशत (४ लाख २९ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कर्मचारीलाई बाँडफाँड गरिसकेको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

उक्त आईपीओमा सर्वसाधारणले वैशाख ३ गतेदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो भने आज वैशाख ८ गते बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।