स्नो रिभर्सको आईपीओ बाँडफाँड
वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:१५
shares

काठमाडौं, ८ वैशाख । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड गरेको छ।
कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशतमध्ये स्थानीयका लागि छुट्याइएको ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरका ९ लाख ३७ हजार ५०० कित्ता शेयर निष्कासन गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको उक्त आईपीओ चैत ९ गतेदेखि २३ गतेसम्म बिक्री खुला गरिएको थियो।
निष्कासन गरिएको शेयरमध्ये आधा अर्थात् ४ लाख ६८ हजार ७५० कित्ता ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का अति प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने बाँकी ४ लाख ६८ हजार ७५० कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको थियो।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले वैशाख ७ गते सोमबार बाँडफाँड सम्पन्न गरेको जनाएको छ।
कम्पनीका अनुसार बाँडफाँडमा शेयर नपरेका वा आंशिक रूपमा शेयर परेको आवेदनकर्ताहरूको रकम वैशाख १० गते बिहीबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइनेछ।



















