हिमालयन लघुवित्तको नाफा ५१.५३ प्रतिशतले बढ्यो, हेर्नुस् अन्य सूचक कस्तो ?
वि.सं.२०८३ वैशाख १६ बुधवार १०:००
shares

काठमाडौं, १६ वैशाख । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिकसम्ममा ८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आवको सोहि अवधीको तुलनामा ५१.५३ प्रतिशत बढि हो । यस कम्पनीले गत आवको चैत मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४ करोड ४७ लाख रुपैयाँबाट ३०.२३ प्रतिशतले बढेर ३१ करोड ८६ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी २८ करोड ९६ लाख रुपैयाँबाट २२.२५ प्रतिशतल बढेर ३५ करोड ४१ लाख रुपैयाँ नाघेको छ।
आम्दानीमा वृद्धि भएसँगै कम्पनीको सञ्चालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँबाट १४९.२४ प्रतिशतको उछाल सहित ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ३ करोड ८६ लाख रुपैयाँबाट ४८.८८ प्रतिशतको भारी वृद्धि सहित ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २२.३० रुपैयाँबाट बढेर ३१.६८ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ५.३४ प्रतिशतबाट बढेर १०.०४ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५०.७६ रुपैयाँ रहेको छ भने बेस रेट ११.९९ प्रतिशत रहेको छ।
चुक्ता पूँजी ३४ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म कम्पनीले ५ अर्ब १ करोड रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी १ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य ५ अर्ब ७५ करोड रुपैयाँ नाघेको छ।



















