Dhulikhel Eco Banner new

खाद्य वस्तुमा साङ्लो भेटिएपछि न्यूरोडको श्री शिव फुड्सलाई ५० हजार जरिवाना

858
shares

काठमाडौं, १६ वैशाख । काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित श्री शिव फुड्स प्रा.लि.लाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागका अनुसार उक्त पसलबाट बिक्री गरिएको खाद्य वस्तुमा साङ्लो भेटिएपछि कारबाही गरिएको हो।

वैशाख १६ गते एक उपभोक्ताले सो पसलबाट खरिद गरेको खाद्य वस्तुमा साङ्लो भेटिएको भन्दै काठमाडौँ महानगरपालिकामा उजुरी दिएका थिए। उजुरीकर्ताले प्रमाणका रूपमा फोटो र भिडियो समेत पेश गरेका थिए।

प्राप्त प्रमाणहरूको अध्ययन तथा अनुसन्धानपछि खाद्य वस्तुमा किराको उपस्थिति पुष्टि भएको महानगरको प्रतिवेदनमा उल्लेख छ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले सम्बन्धित व्यवसायलाई ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुका साथै आगामी दिनमा यस्तो लापरबाही नदोहो¥याउन निर्देशन दिइएको जानकारी दिएका छन्।