Dhulikhel Eco Banner new

भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

8.54K
shares

काठमाडौं, २० असार । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ । सोमबार त्यहाँ गोलि चलेर एक जाना सुरक्षाकर्मीको मृत्यु भएको जनाइएको छ ।

अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी उच्च स्रोतले जनाएको छ । एक जनाको मृत्यु भएको बताइएको छ । तर पुष्टि हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ । सुरक्षागार्ड ३२ वर्षीय दीपक सिंहले आफैँलाई गोली हानेको बताइएको छ । उनले इन्सास राइफलबाट गोली चलाएको बुझिएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

सोह्र खुट्टेबाट प्रहरी टोली खटाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीले जानकारी दिए । दुताबास भएकाले अहिले थप समन्वय भइरहेको उनको भनाइ छ ।