मातृभूमि लघुवित्तको सीईओमा बखत बहादुर बटाला नियुक्त
वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:३०
3.16K
shares
shares

काठमाडौं, २४ वैशाख । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखत बहादुर बटाला नियुक्त भएका छन्।
संस्थाको वैशाख २३ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको १८२औँ बैठकले बटालालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी वैशाख २४ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
















