Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

1.01K
shares

काठमाडौं, २८ वैशाख । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३८.१९ अंकले बढेर २,७८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६१ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा फष्ट माइक्रो फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.१९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले ११.३७ प्रतिशतका दरले कमाएका छन् भने डोल्टी पावरका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ६.७८ प्रतिशतका दरले कमाएका छन् भने मेन्छियाम जलविद्युतका लगानीकर्ताले ६.६४ प्रतिशतका दरले कमाएका छन् ।