Dhulikhel Eco Banner new

शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.22K
shares

काठमाडौं, २८ वैशाख । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३८.१९ अंकले बढेर २,७८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ६१ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा त्रिशुली जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.८७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन एनएमबी ५०का लगानीकर्ताले २.६९ प्रतिशतका दरले गुमाएका छन् भने ८.५ प्रतिशत लक्ष्मी बैंक ऋणपत्र २०८८का लगानीकर्ताले २.६८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सिद्धार्थ लगानी वृद्धि योजना–२ का लगानीकर्ताले २.४५ प्रतिशतका दरले गुमाएका छन् भने ८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५का लगानीकर्ताले २.३३ प्रतिशतका दरले गुमाएका छन् ।