Dhulikhel Eco Banner new

यस्तो छ २०८३/८४ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

1.59K
shares

काठमाडौं, २८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन्।

सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रपतिलाई सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए।

संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रत्येक वर्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।