Dhulikhel Eco Banner new

चैतमा उपभोक्ता महँगी दर ४.४७ प्रतिशत पुग्यो

1K
shares

काठमाडौं, २८ वैशाख । आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता महँगी दर ४.४७ प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको सोही महिनामा महँगी दर ३.३९ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी दर ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.७२ प्रतिशत रहेको छ।

नौ महिनाको औसत महँगी दर भने २.३९ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.५७ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल १२.८७ प्रतिशत, फलफूल ११.६७ प्रतिशत र तरकारी ९.१८ प्रतिशतले महँगो भएको छ। तर दाल तथा गेडागुडी २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ १.६८ प्रतिशत र मरमसलाको १.६४ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा १९.९४ प्रतिशत, यातायात १२.०३ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत र कपडा तथा जुत्ता–चप्पल ४.७३ प्रतिशतले बढेको छ।

क्षेत्रगत रूपमा सहरी क्षेत्रमा महँगी दर ४.७४ प्रतिशत र ग्रामीण क्षेत्रमा ३.७१ प्रतिशत रहेको छ।

प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५.१५ प्रतिशत महँगी दर देखिएको छ भने सुदूरपश्चिममा ३.३९ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकामा महँगी दर ४.६९ प्रतिशत रहेको छ।

थोक महँगी दर चैत महिनामा ३.९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४.२० प्रतिशत थियो।