Dhulikhel Eco Banner new

रिलायबल समृद्धि योजना २ आजदेखि बिक्री खुला

715
shares

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड ले आजदेखि ‘रिलायबल समृद्धि योजना २’ नामक सामूहिक लगानी कोषको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको रहेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरमा कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो। यसमार्फत एक अर्ब रुपैयाँ बराबरको फण्ड खडा गर्ने लक्ष्य राखिएको छ। निष्काशन गरिएका कुल इकाईमध्ये केही हिस्सा कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ भने बाँकी इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै इकाई बिक्री नभएमा निष्काशन अवधि जेठ १२ गतेसम्म लम्बिन सक्ने क्यापिटलले जनाएको छ।

फण्डमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो सेयर’ मार्फत अनलाइनबाट पनि दिन सकिने व्यवस्था गरिएको छ।

फण्डको विश्वसनीयता मूल्यांकनमा केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ्ग प्रदान गरेको जनाएको छ।