नेपाल राष्ट्र बैंक को नयाँ व्यवस्था : स्थायी निक्षेप सुविधा अब हरेक दिन
KTM Voice
वि.सं.२०८३ जेठ १३ बुधवार ०८:१८
1.9K shares
बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंक ले स्थायी निक्षेप सुविधा (एसडीएफ) दैनिक रूपमा सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यसअघि यो सुविधा सीमित दिनमा मात्रै उपलब्ध हुँदै आएको थियो।
संशोधित कार्यविधिअनुसार अब बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेका प्रत्येक दिन अतिरिक्त रकम केन्द्रीय बैंकमा राख्न सक्नेछन्। राष्ट्र बैंकले उक्त रकममा हाल २.७५ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ।
केन्द्रीय बैंकका अनुसार वित्तीय प्रणालीमा तरलता थुप्रिँदै गएपछि त्यसको व्यवस्थापन सहज बनाउन नयाँ निर्णय गरिएको हो। यस कदमले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।