Dhulikhel Eco Banner new

नेपाल बीमा प्राधिकरण को अध्यक्ष पदका लागि आवेदन खुला

1.17K
shares

सरकारले नेपाल बीमा प्राधिकरण मा रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालय ले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

सूचनाअनुसार इच्छुक व्यक्तिले सात दिनभित्र आवश्यक कागजातसहित आवेदन बुझाउनुपर्नेछ। आवेदन अर्थ मन्त्रालयअन्तर्गत रहेको सम्बन्धित समितिको सचिवालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवारले सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुका साथै कम्तीमा पाँच वर्षको व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ। उमेर सीमा ३० देखि ६५ वर्ष तोकिएको छ।

यसअघि लामो समयदेखि नेतृत्वविहीन रहेको प्राधिकरणमा नयाँ अध्यक्ष चयन गरी संस्थागत कामकाजलाई अघि बढाउने उद्देश्यसहित सरकारले यो प्रक्रिया सुरु गरेको हो।