अब १० लाखसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर
वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:३९
1.51K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले आयकर छुटको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा १० लाख पुर्याइएको जानकारी दिए । यसअघि यस्तो कर ५ लाख रुपैयाँ रहेको थियो । नयाँ घोषणासँगै न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा अब १० लाख रहेको छ ।

















