Dhulikhel Eco Banner new

जलनको उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता बढाइने

559
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय विशिष्टिकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्ने बताएका छन् ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै जलनको सघन उपचारको लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने बताएका हुन् ।

त्यस्तै, उनले मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र, ट्रमा सेन्टर निर्माण सुरु गर्ने पनि बताए । नर्सिङ कर्मचारीको रात्रिभत्ता दोब्बर गराइने पनि उनले बताए ।